रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक सामाजिक कृयाकलाप अन्र्तगत साउन १३ गते खुला रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रम संस्थाकी अध्ययक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना नियमित रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाले हरेक वर्षको साउन, मंसिर र चैत्र महिनामा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दैआएको संस्थाका प्रवन्धक रणबहादुर थापाले बताए ।
Leave a comment