काठमाडौं । बागमती प्रदेश सहकारी संघको स्थापना दिवसको अवसरमा वृक्षा रोपण कार्यक्रम गरेको छ । संघको तेस्रो स्थापना दिवस साउन १३ गते बुढानिलकण्ठ २, कालिका पार्कमा विभिन्न १५ जातीका एकसय वटा फलफूलका बिरुवा रोपेको हो।
कार्यक्रममा सहकारीहरुले रचनात्मक ढंगले स्थापना दिवस मनाउँदा सकारात्मक सन्देश जाने संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए ।
कार्यक्रममा सहकारी अभियन्ता, केन्द्रीय सहकारी संघका पदाधिकारी, विभिन्न जिल्लास्तरका सहकारी संघका पदाधिकारीहरु सहकारी समन्वय समिति बुढानिलकण्ठका सदस्यलगायत १७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाको सहकार्य रहेको थियो ।
Leave a comment