काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा २२.६६ प्रतिशत अर्थात ६४ करोड ७५ लाख ३६ हजार १३५रुपैयाँ तरलता रहेको जनाएको छ ।
त्यसैगरी संस्थामा ३३ करोड ५९ लाख ४४ हजार ६०० रुपैयाँ शेयर पूँजी, २ अर्व ८५ करोड ७१ लाख ३५ हजार २१३ रुपैया बचत रहेको जनाएको छ । त्यसैगरी संस्थामा १७ करोड ३९ लाख १५ हजार ७८७ रुपैया जगेडा कोष तथा ३ करोड २६ लाख ५१ ह्जार ७८५ रुपैयाँ अन्य कोष रहेको छ ।
संस्थाको २ अर्व ४७ करोड ७७ लाख ६८ हजार ३२८ रुपैया लगानी रहेको जनाएको छ । संस्थामा ३ अर्व ६२ करोड ३८ लाख ३३ हजार ४९७ रुपैयाँ कूल सम्पति तथा संस्थागत पूजी १९ करोड १५ लाख ३४ हजार २५३ रुपैयाँ रहेको छ ।
संस्थाका ८५ हजार ९७० जना सदस्य मध्ये १२ हजार ५६७ जना ऋणी सदस्य रहेका छन् । संस्थाले २५ वटा संस्थासंग एकिकरण गरिसकेको छ भने संस्थाले सदस्यलाई मोवाइल बैंकिङ तथा एटिएम सेवा पनि दिएको छ ।
Leave a comment