हाइलाइट

आइडियल सहकारीको असारको वित्तिय बिवरण सार्वजनिक 

आइडियल सहकारीको असारको वित्तिय बिवरण सार्वजनिक  :: Sahakari Akhabar

काठमाडौं । राजबिराजमा रहेको आइडियल सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार ८१ करोड ३६ लाख ७९ हजार ८५८ रुपैया लगानी रहेको जनाएको छ ।

संस्थामा ११ करोड ३० लाख ४०० शेयर पूँजी, ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैया बचत रहेको जनाएको छ । त्यसैगरी संस्थामा १० करोड ५८ लाख १६ हजार ८ रुपैया जगेडा कोष तथा अन्य कोषमा ३ करोड ५६ लाख ३४ हजार ७१३ रुपैयाँ रहेको छ ।

संस्थामा १ अर्व २० करोड ३९ लाख ४५ हजार ७२९ रुपैयाँ कूल सम्पति रहेको उल्लेख छ । ११ करोड ७ लाख २४० रुपैयाँ कूल संस्थागत पूँजी रहेको छ । संस्थाको असार मसान्त सम्ममा २६.४२ प्रतिशत अर्थात २२ करोड ६९ लाख ७८ हजार ९९६ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थाका १४ हजार ४२५ सदस्य मध्ये १ हजार २८१ जना ऋणी सदस्य रहेका छन् ।
 



Leave a comment