हाइलाइट

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं स्थापना दिवस सम्पन्न

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२औं स्थापना दिवसको अवसरमा बुधबार चारजना पत्रकार पुरस्कृत भएका छन् । सोही अवसरमा सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान अग्रज पत्रकार प्रमोद प्रधानलाई प्रदान गरिएको छ । ४४ वर्ष पत्रकारिता पेशामा संलग्न रहेका प्रधानले विराटनगरमै बसेर करीव २० वर्ष सक्रिय पत्रकारिता गरेका थिए ।

हाल काठमाडौं बस्दै आएका प्रधानलाई उक्त सम्मान प्रदान गरिएको हो । ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारल पत्रकार नवराज कट्टेललाई प्रदान गरिएको छ । गोरखापक्र दैनिकमा कार्यरत कट्टेल विराटनगरका सत्रिय पत्रकार हुन् ।

२१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट मकालु टेलिभिजनका समाचार सम्पादक सन्तोष सिग्देल पुरस्कृत पोखरेलले प्राप्त गरेकी छन् । १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्राप्त गरेकी पोखरेल नेपाल टाइम्स मिडिया नेटवर्कमा कार्यरत छिन ।

पुरस्कृत पत्रकारहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मान–पत्र प्रदान गरेका थिए । मेयर कोइरालाले पत्रकारहरूले आफ्नो पेशागत आर्थिक सुरक्षाका लागि सहयोग पुग्ने गरी सहकारीको स्थापना गरी आर्थिक गतिविधि गर्दै आउनु प्रशंसनीय भएको बताए । उनले सहकारीलाई अझ व्यवस्थित गर्न महानगरपालिकाको तर्फबाट एक थान कम्प्युटर समेत प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सञ्चारकर्मी सञ्चार सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी, पुरस्कृत पत्रकार प्रमोद प्रधान, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्री र कोशी प्रदेश पत्रकार महासंघका अध्यक्ष लिलाबल्लभ घिमिरेले शुभकामना दिएका थिए ।



Leave a comment