हाइलाइट

उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारीलाई सहकारी बैंकको सम्मान

उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारीलाई सहकारी बैंकको सम्मान :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी बैंकले कोशी प्रदेशका २७ वटा सहकारी संस्थाहरुलाई सम्मान गरेको छ । बैंकका कोशी प्रदेशका सबै साखाहरुले शनिबार विराटनगरमा संयुक्त कार्यक्रमको आयोजना गरि सहकारी संस्थाहरुलाई सम्मान गरेको हो ।

सबैतिर कार्यक्रम गरेर गर्नुभन्दा सबैलाई एकै ठाउँमा जम्मा गरेर सम्मान गर्दा सकारात्मक प्रभाव देखिने भएकाले एकै ठाउँमा सम्मान गरिएको सहकारी बैंक विराटनगर शाखाका प्रमुख प्रभु पोखरेलले जानकारी दिए । बैंकले कोशी प्रदेशका १२ वटा शाखामा नियमित तथा उत्कृष्ट कारोबार गर्ने सहकारी र प्रदेशकै उत्कृष्ट सहकारीहरुलाई सम्मान गरेको पोखरेलले बताउनुभयो । बैंकको १९ औं बार्षिक साधारण सभाको अवसरमा २०७९ पौष १८ गते घोषित पुरस्कार वितरण गरिएको उनको भनाई छ ।

सम्मानित हुनेहरुमा विराटनगर शाखाबाट शाखा स्तरीय नियमित कारोबार गर्ने नेपा बहुउदेश्यीय सहकारी सस्था लि र उत्कृष्ट कारोबारतर्फ अरनिको बहुउदेश्यीय सहकारी संस्था लि.  रहेका छन् । त्यस्तै सुन्दरहरैचा शाखाबाट नियमिततर्फ इन्द्रपुर बहुउदेश्यीय सहकारी संस्था लि. र उत्कृष्टतर्फ कारोतर्फ लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन ।

त्यसैगरी उर्लाबारी शाखाबाट नियमिततर्फ सिद्धिविनायक बहुउदेश्यीय सहकारी संस्था लि. र उत्कृष्ट कारोबारतर्फ दुर्गाबास बचत तथा ऋण सहकारी संस्था लि. रहेकाछन् छन् । त्यस्तै  दमक शाखाबाट नियमित कारोबार गर्नेमा दमक बहुमुखी सहकारी संस्था लि. र उत्कृष्टतर्फ नवदुर्गा बहुउदेश्यीय सहकारी संस्था.लि रहेका छन् भने विर्तामोड शाखाबाट नियमित कारोबार गर्ने शिक्षा बहुउदेश्यीय सहकारी संस्था लि. र उत्कृष्टतफृ प्रथम बहुउदेश्यीय सहकारी संस्था लि. रहेको छ ।

बचत तथा ऋण बाहेक कारोबार गर्ने कोशी प्रदेशको उत्कृष्ट कारोबार गर्ने सतासी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । त्यस्तै मेचीनगर शाखाबाट नियमिततर्फ ताराबारी शान्ति बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट कारोबारतर्फ होक्से कृषि सहकारी संस्था लि.लाई सम्मान गरिएको छ भने असल ऋणी कार्ड मेचीनगर शाखा कार्यालयमा कारोबार गर्न सहकारी मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्रदान गरिएको छ ।

त्यसैगरी इनरुवा शाखाबाट नियमित कारोबार गर्ने वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्टतर्फ राजश्री सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लि. रहेका छन् भने इटहरी शाखाबाट नियमित कारोबार गर्ने हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्टतर्फ समरक्षित बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ । त्यस्तै बचत तथा ऋण कारोबार गर्ने कोशी प्रदेशको उत्कृष्ट प्रादेशिक सदस्य संस्था किसान कल्याण बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ ।

धरान शाखाबाट नियमिततर्फ कृति बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने उत्कृष्ट कारोबारतर्फ सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मान गरिएको छ भने धनकुटा शाखाबाट नियमित तर्फ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्टतर्फ डाँडा बजार बहुउदेश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।

त्यस्तै इलाम शाखाबाट नियमिततर्फ मेची नारी विकास तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट कारोबारतर्फ  शताब्दी बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गरिएको छ भने फिदिम शाखाबाट नियमित कारोबार गर्ने धुर्विसे पञ्चमी बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट तर्फ तमोर महिला कृषि सहकारी संस्था लि.लाई सम्मान गरिएको छ ।



Leave a comment