हाइलाइट

स्थापना दिवसमा नयाँ जीवन नेपाललाई कमल सहकारीको सहयोग

स्थापना दिवसमा नयाँ जीवन नेपाललाई कमल सहकारीको सहयोग :: Sahakari Akhabar

काठमान्डौं । न्युरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम स्थापना दिवस मनाएको छ । संस्थाको स्थापना दिवसको अवसरमा स्नायु अपाङ्गता भएका बालबालिका हरुको संघ नयाँ जीवन नेपाल जोरपाटी बौंद्धलाई सहयोग गरेको छ ।

संस्थाले २५ जना स्नायु अपाङ्गता बालबालिका लाई खाना खुवाउनुको साथै बच्चा खेल्न प्रयोग गरिने ट्रिपलिङ एक थान बालबालिकाको लागि ड्राईप्याड, विभिन्न कपडा तथा खाध्यबस्तुको साथै संस्थाको स्थापना दिवसमा उपस्थित सम्पुर्ण सदस्य तथा संस्थाको कर्मचारीहरु बाट संकलीत ३८ हजार ५२५ रुपैयाँ नगद नयाँ जीवन नेपाल संस्थामा कार्यरत कर्मचारीहरुलाई सहयोग गरेको छ ।

संस्थाले सदस्यको साथै कार्यक्षेत्र भित्र रहेका बृद्ध, असहाय तथा अनाथ बालबालिकालाई स्थापना देखि नै सहयोग गर्दै आईरहेको संस्थाका अध्यक्ष अनराज गनिकाले बताए । संस्था नाफामुलक भन्दा पनि सामुदाय प्रति उत्तरदायी भएर आगामी दिनहरुमा पनि सामाजीक कार्य गर्दै जाने उनले बताए ।

नयाँ जीवन नेपालको संस्थापक अध्यक्ष राजन खनालले सहकारीमा देखापरेको समस्यलाई चिर्दै अगाडी बढ्दै जान शुभकामना दिए। 
 



Leave a comment