हाइलाइट

मधेसका सहकारीको कारोबार : बचत १९% र कर्जा ८% ले घट्यो 

मधेसका सहकारीको कारोबार : बचत १९% र कर्जा ८% ले घट्यो  :: Sahakari Akhabar

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभाव र आर्थिक गतिविधिमा कमी आउदा देशभरका सहकारीहरुको कारोबारमा पनि नकारात्मक असर देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक अध्ययनमा मधेस प्रदेशमा चालू आर्थिक वर्षको पुससम्ममा सहकारीहरुको बचत तथा ऋण लगानी घटेको पाइएको छ ।

राष्ट्र बैंकले प्रदेशका नमुना छनोटमा परेका १० वटा सहकारीहरुको तथ्यांक संकलन गरी अध्ययन गरेको थियो । यी सहकारी संस्थाहरुमा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बचत गत आर्थिक बर्षको सोहि अबधिको तुलनामा १९.४२ प्रतिशत र कुल कर्जा ७.९७ प्रतिशतले घटेको छ ।

कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धका कारण विश्वभर देखिएको महंगी र आर्थिक कारोबारमा कमी आउदा वित्तीय प्रणालीमा नै तरलता अभाव देखिएको छ । आर्थिक गतिविधिमा कमी आउदा सहकारीको कारोबार पनि घटेको हो । यसबाहेक केही सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएको र यसले नकारात्मक असर पारेको बताइएको छ ।



Leave a comment