हाइलाइट

सहकारीको ऋण तिर्न भरतपुर महानगरपालिकाको ताकेता 

सहकारीको ऋण तिर्न भरतपुर महानगरपालिकाको ताकेता  :: Sahakari Akhabar

काठमाडौं । भरतपुर महानरपालिकाले सहकारीको ऋण तिर्नका लागि ताकेता गरेको छ । महानगरपालिकाको वडा नं ५ कार्यालयले सूचना प्रकाशित गर्दै ऋण तिर्न अटेरी गर्नेलाई सहकारी ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको हो । 

‘भरतपुर महानगरपालिका वडा नं. ५ अन्तर्गत रहेका विभिन्न सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका ब्यक्तिहरुले समयमा ऋण नतिरेको साथै ऋण लिएका ब्यक्तिहरुलाई पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको भनि यस वडा कार्यालयमा निवेदन प्राप्त हुन आएकोले ऋण लिएका ब्यक्तिहरुले सहकारी संस्थामा सम्पर्क गरि ऋण भुक्तानी गरिदिनुहुन अनुरोध गरिन्छ’ सूचनामा भनिएको छ, ‘तोकिएको समयावधीमा ऋण नतिरी अटेर गर्ने ऋणीहरुको ३ पुस्ते विवरण सहित नामावली प्रकाशित गरी सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, भरतपुर महानगरपालिकाको सहकारी ऐन २०७५ र प्रचलित ऐन कानुन बमोजिम आवश्यक कानुनी कारवाही हुनेछ ।’


 



Leave a comment