हाइलाइट

मालिका गाउँपालिकामा सहकारी सञ्जाल गठन  

मालिका गाउँपालिकामा सहकारी सञ्जाल गठन   :: Sahakari Akhabar

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको आइतवार सम्पन्न भेलाबाट मालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुका बीच समन्वय गरी सहकारीलाई प्रभवकारी रुपमा सञ्चालन गर्न तथा पालिका सरकारसंग समन्वय गरी संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि क्रियाशिल हुने गरी सञ्जाल गठन गरिएको हो ।

आत्मनिर्भर साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तनाथ सुवेदीको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालका सदस्यरुमा अन्नमपुष्पम शहिद स्मृति सहकारी संस्थाका खड्क बहादुर छन्त्याल, न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका लक्ष्मी सापकोटा आचार्य, मालिका महिला वचत तथा ऋण सहकारी संस्थाका इन्द्रमती फगामी, सोलेडाँडा महिला वचत तथा ऋण सहकारी संस्थाका सिता उपाध्याय, रुम महिला वचत तथा ऋण सहकारी संस्थाका गीता बुढाथोकी र नवमालिका वचत तथा ऋण सहकारी संस्थाका छेम बहादुर विक रहेका छन् । 

सहकारी सञ्जालका संयोजक तथा सदस्यहरुलाई वधाई दिदै गाउँपालिका अध्यक्ष वेग प्रसाद पुनले सहकारीहरुलाई आम समुदायसंग जोडन र उनीहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्न सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । पालिकाको सहकारी ऐनमा सुधार गरी पालिका स्तरीय संघ गठनको व्यवस्था गरिने पनि उनले जानकारी दिए । 
 



Leave a comment