काठमाडौं । भरतपुर महानगरपालिकाका सहकारी सम्बन्धी कार्यक्रमहरु संचालन गर्नका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै सहकारी उद्यमशिलता विकास, नविन व्यवसायमा लागि क्षमता विकास लगायतका कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
सहकारीमार्फत उद्यमशीलताको विकास र्गन, युवा तथा उद्यमीहरूलाई नवीन व्यवसाय शुरु र्गन आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुच सहजीकरण, सहकारी शिक्षा र तालिम मार्फत सहकारी सस्थाहरुको क्षमता अभिवृद्धि लगायतको नीति कार्यान्वयन गर्न १ करोड बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ ।
Leave a comment