नारी सृजना कृषि सहकारीको धान दिवस कार्यक्रम ( फोटो फिचर )  

नारी सृजना कृषि सहकारीको धान दिवस कार्यक्रम ( फोटो फिचर )   :: Sahakari Akhabar

बिराटनगर । मोरङको उर्लाबारीमा रहेको नारी सृजना कृषि सहकारी सस्थाहरुले बिबिध  कार्यक्रम गरी २० औ राष्ट्रिय धान दिवस  मनाएको छ । साढे ४ बिगाहा जग्गामा कृषि ब्यबसाय गरिरहेको सहकारीले १ बिगाहा भन्दा बढिमा धान खेती गरेको छ ।

धान रोप्ने कार्यक्रममा सहभागी तथा कार्यक्रमकि प्रमुख अतिथी पुर्ब उपसभामुख  शिबमाया तुम्हाम्फेले सहकारिले महिलाहरु आर्थिक अबस्था सुधार गर्न सहयोग पुर्याउनुका साथै नेतृत्वदायी भुमिकामा पुर्याउन पनि सहयोग गरेको बताइन । महिलाहरुले मात्र संचालन गरेको सहकारीले व्यावसायिक रुपमा उत्पादनमुलक  क्षेत्रमा लगानी गरे काम गरिरहेकाले स्थानीय तहले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन ।

त्यसैगरी उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना पौडेलले सहकारी मार्फत  महिलाहरुलाइ उद्द्मी बनाएर कृषि क्षेत्रलाइको बिकासमा लागेको सुखी ब्याक्त गरिन । कृषि क्षेत्रलाई नया प्रबिधि सहित खेती गर्नुपर्ने उनको भनाइ छ । कृषिलाई नगरपालिकाले पनि सहयोग गरिरहेको बताइन ।

संस्थाकी अध्यक्ष पुष्पकुमारी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दैसंस्थाकी सल्लाहकार तथा सस्थापक अध्यक्ष मिना बरालले नारिहरुको फुलबारी बनाउने उद्देश्यले सुरु भएको सहकारीले आज उर्लाबारीको नमुनाको रुपमा बिकास भएकोमा आफुलाइ खुसी लागेको बताइन ।

बिपन्न परिवारका महिलाहरु आबद्द भएको सहकारिलाई यहासम्म ल्याउन निकै मेहनत गरेको बताइन । सहकारीमा २५ सय भन्दा बढी शेयर सदस्य रहेका छ्न । सहकारिले महिलाहरुलाइ उत्पादनमुलक व्यावसायमा जोड्दै लगेको सहकारिले जनाएको छ ।



Leave a comment