हाइलाइट

काठमाडौं महानगरपालिकामा सहकारीका लागि ६० लाख 

काठमाडौं महानगरपालिकामा सहकारीका लागि ६० लाख  :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानरपालिकाले सहकारी क्षेत्रका लागि ६० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सहकारी अनुगमन, निश्कृय सहकारी व्यवस्थापन तथा शिक्षा, तालिमका लागि उक्त बजेट छुट्याएको हो ।

महानगरको अधिवेशनमा प्रस्तुत गरिएको अनुमानित आयव्यय विवरण अनुसार सहकारी संस्थाहरुको नियमन, अनुगमन र अनुगमन विज्ञको ब्यवस्थापन गर्न २० लाख, संकटग्रस्त र निश्कृय सहकारीको ब्यवस्थापनमा २० लाख, सहकारी विज्ञ परामर्श सेवाका लागि ५ लाख, सहकारी क्षेत्रका छाता संगठनको साझेदारीमा तालिम संचालन गर्न ५ लाख, सहकारी सचेतना कार्यक्रम संचालन गर्न ५ लाख र स्थानिय पेय पदार्थ ब्राण्डिङबारे अध्ययन गर्न ५ लाख रुपैयाँ छुट्याईको छ ।

बजेट बक्तव्यमा उपमेयर सुनिता डंगोलले उत्पादन र उपभोगलाई जोड्न अनलाईन इ–कमर्स प्लाटफर्म मार्फत मेट्रो मार्ट संचालनमा गर्न १ करोड रकम छुट्याइएको घोषणा गरेपनि आयब्यय विवरणमा भने उक्त रकम छुट्याइएको छैन ।



Leave a comment