चीना थापा, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १ अर्व ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ । नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले नीति, कार्यक्रम तथा बजेट पेश गरेकी हुन । पेश गरिएको बजेटमा सहकारी शाखालाई ७ लाख ६० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट अनुसार सहकारी संस्थाहरुको लागि गरिवि निवारण सम्वन्धि ३ दिनको तालिमका लागि १ लाख ५० हजार, लेखापाल व्यवस्थापन ५ दिनको तालिमको लागि १ लाख ५० हजार, सहकारी संस्थाहरुको नियमित तथा सघन अनुगमन निरिक्षणको लागि ३ लाख र सहकारी संस्थाहरुको संचालक समितिका पदाधिकारीलाई २ दिने क्षमता अभिवृद्धि तालिमको लागि ६० हजार रुपैया बजेट विनियोजन गरिएको हो ।
नगरपालिकाले तालिमलाई नै फोकस गरेर बजेट विनियोजन गरेको भएपनि निति तथा कार्यक्रममा भने धेरै कुराहरु समेटेको छ । निति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आउने बजेट भने कम भएको उर्लाबारीका सहकारीकर्मीहरुले बताएका छन् ।
सहकारी क्षेत्रको सुदृढिकरण गर्ने निति
उर्लाबारी नगरपालिकाले सहकारी क्षेत्रको सुदेढिकरण गर्ने निति लिएको छ । प्रस्तुत निति तथा कार्यक्रम अनुसार सहकारीहरुको नियमनलाई प्रभावकारी मनाईने, सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी मनाउन नगरपालिकाको सम्वन्धि निकाय तथा सहकारी संघ संस्थाहरुलाई प्रभावकारी ढंगले परिचालन गर्ने ।
त्यसैगरी सहकारी संस्थाहरुको क्षमता विकासको लागि नगरपालिकासँगको साँझेदारीमा सहकारी अनुशिक्षण तालिमलाई अनिवार्य गर्दै लगिने, सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन गरि संस्थागत सुशासन कायम गरिने निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यसैगरी आम नागरिकहरुलाई सहकारी सम्वन्धि जनचेतना अभिवृद्धि लागि सहकारी क्षेत्र, नागरिक समाज, विकास साझेदार संस्था, शैक्षिक क्षेत्र, सञ्चार जगतका साथै सम्वद्ध सामाजिक संघ संस्थाहरु परिचालन गरिने, नगर क्षेत्रमा स्वथ्य सहकारी प्रणालीको सुदृढिकरणबाट आन्तरिक पुँजी निर्माण गरि सहकारीको लगानीलाई उत्पादनमूलक रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सामुदायिक सशक्तिकरण हुने क्षेत्रमा आकर्षित गर्न ।
त्यसैगरी प्रोत्साहित गर्ने, बढ्दो सहकारीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, सहकारीहरुलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकिकरण कार्यलाई जोड दिने, नगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिको बारेमा सुसुचित गराउने ।
त्यसैगरी कृषि तथा अन्य व्यवसायमा सदस्यहरुको रोजगारी तथा उत्पादन वृद्धि हुनेगरी कार्यक्रमहरुमा सहकारीहरुलाई प्राविधिक सहयोग गर्ने, सहकारी संस्थाहरुको लागत साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने र सहकारीलाई आफ्नो शेयर सदस्य केन्द्रित कारोबार गर्न निर्देशन दिई नियमन गरिने निति नगरपालिकाले लिएको छ ।
Leave a comment