खिलानाथ दाहाल । मूलुकमा सशत्र द्धन्द्ध चलिरहेको थियो, गाउँमा कुनै वित्तिय संस्था जान चाहँदैन थिए । भएका पनि सदरमुकामबाट बाहिर जाने आँट गर्दैन थिए । केही साना किसान कृषि सहकारीले स्थानीयस्तरमा सेवा दिन आँट गरे । तर त्यो आँट, आँटमै सिमित रह्यो ।
ती संस्थाले भौतिक क्षती ब्यहोर्नुपर्यो । क्षती ब्यहोर्ने जिल्ला मध्येको एउटा जिल्ला थियो धादिङ । जिल्लामा भएका १७ वटा सानाकिसान सहकारीमध्ये १४ वटा संस्थाले विभिन्न भौतिक क्षती ब्यहोरे । उ बेला भौतिक क्षती ब्यहोर्ने संस्था मध्ये एउटा थियो, साना किसान कृषि सहकारी चैनपुर धादिङ । संस्था २०५१ सालमा कृषि विकास बैंकबाट किसानहरुलाई हस्तान्तरण गरिएको थियो ।
निम्न वर्ग, बेरोजगार तथा महिलालाई सानो सानो रकम बचत गर्न सिकाउने, उनीहरुलाई उद्यम गर्न सिकाउने, सिप सिकाएर स्वरोगार बनाउने उद्देश्य लिएको संस्था बामे सर्दै थियो तर त्यो हिम्मतलाई २०५७ सालमा खरानी बनाइदियो द्धन्द्धकालले ।
तीनवटा समुह र एउटा अन्तर समुह गठन भएपछि संस्था स्थापना भएको थियो । समुहका सदस्यले मासिक ५ रुपैयाँ तथा अन्तर समुह बचतमा मासिक २ रुपैयाँ बचत गर्ने नियम बनेको थियो । बढीमा १५ हजारसम्म मात्र ऋण लिन पाइन्थ्यो ।
सदस्यले बचत गर्न सिकेका थिए, ब्यवसायीक पशुपालन र कृषिमा आत्मनिर्भर हुने बाटो संस्थाले देखाएको थियो । तर पून २०५७ साल चैत महिनामा संस्था फेरी जलाइयो खरानी बनाइयो टुलुटुलु हेर्नु बाहेक विकल्प रहेन । तर पनि सस्थाको आँट, हिम्मत सकिएको थिएन, जनश्रमदानबाट संस्था पून संचालन गर्ने निधो सदस्यले गरे ।...
भिडियो सामाग्री:
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया