हाइलाइट

मोरङको ग्रामथान गाउपालिकाको नीतिः सहकारीलाई २५ लाख, एकीकरणमा जोड

मोरङको ग्रामथान गाउपालिकाको नीतिः सहकारीलाई २५ लाख, एकीकरणमा जोड :: Sahakari Akhabar

बिराटनगर । मोरङको ग्रामथान गाउपालिकाले आर्थिक बर्ष २०८० / ८१ को लागि  ५६ करोड ७६ लाख १० हजार ९ सय ६१ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिको १३ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष गुनावती देवि थारुले आइतबार आगामी आर्थिक वर्षकालागि बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख थारुले नितिमा समावेश भएका  सहकारीका कार्यलाइ कार्यान्वयन गर्नको लागि गाउपालिकाले सहकारी साखाकोलागि २५ लाख बजेट बिनियोजन गरेको जानकारी दिइन । उपाध्यक्ष थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी सस्थाहरुको क्षमता अभिबृद्धीकालागि विभिन्न कार्यक्रमहरु सन्चालन गरि सहकारी सस्थालाइ समुदायमा आधारित र सदस्य केन्द्रित बनाउन पहल गर्ने बताइन् ।

सहकारी प्रवद्र्धन र नियमनमा संलग्न सबै निकायहरुसंग कार्यमुलक समन्वय गर्दै सहकारी सस्थाहरुको नियमित र सघन अनुगमन कार्यलाइ निरन्तरता दिने जानकारी दिइन् । साथै सहकारी सस्थाहरुको एकीकरण कार्यलाइ विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ । 
 



Leave a comment