चीना थापा, विराटनगर । इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८० / ०८१ को लागिल २ अर्व ३५ करोड ३१ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । असार १० गते आईतबार इटहरी उपमहानगरपालिकाको १३ औं नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्य सार्वजनिक गरेकी हुन ।
सार्वजनिक नीति तथा कार्यक्रम अनुसार उपमहानगरले अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रलाई आमनगरवासीको जीवनसँग आवद्ध गराई उद्यमशिलता प्रवद्र्धन मार्फत बेरोजगारी समस्याको न्यूनिकरण सहकारीलाई परिचालन गर्ने निति लिएको छ ।
त्यसैगरी सहकारीसँग सम्वन्धित सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) थप व्यवस्थित बनाउँदै इटहरी उपमहानगरपालिका भित्रका सहकारी संस्थाहरुको कोपोमिस आवद्धता बढाउँदै लगिने, नगरको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गर्दै पुँजीको सही परिचालन मार्फत सदस्यहरुको उद्यम प्रवद्र्धनमा केन्द्रित गर्ने नीति लिएको छ।
यसैगरी नियमित अनुगमनको व्यवस्था गरिने, उत्पादन, बजारीकरण तथा नवप्रवद्र्धनमा संलग्न सहकारी संस्थाहरुको प्रवर्धनको लागि प्राविधिक बस्तुगत सहायता प्रदान गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने । साथै त्यस्तो कार्यमा संलग्न हुन चाहने नगरभित्रका सहकारी संस्था मध्ये ३ वटा सहकारी संस्थालाई नमुना सहकारी संस्थाको रुपमा छनौट गरी सहकारी प्रवर्धनका थप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
त्यस्तै सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सहकारी सम्वन्धि विभिन्न तालिमहरु, सहकारी अवलोकन भ्रमण तथा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने, सहकारी सम्वन्धि सचेतना अभिवृद्धि गराई सामाजिक संलग्नता अभिवृद्धि गर्न ।
सहकारी सम्वन्धि विभिन्न ब्रोसर प्रकाशन गर्ने, नगरको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुलाई लक्ष्य अनुरुप सञ्चालन गर्न प्रेरित गर्दै त्यस्ता सहकारी संस्थाहरु मध्ये उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्ने ।
साथै नगरको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुबाट तथ्य तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरी सहकारी संस्थाको स्थरीकरण गर्ने उपप्रमुख चौधरीद्धारा प्रस्तुत निति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख गरिएको छ । माथि उल्लेखीत निति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि आवश्यक बजेट पनि विनियोजन गरिएको उपप्रमुख चौधरीले जानकारी दिईन ।
Leave a comment