हाइलाइट

बिराटनगर महानगरपालिका बजेट : सहकारी शाखाको बजेट १० लाख घट्यो 

बिराटनगर महानगरपालिका बजेट : सहकारी शाखाको बजेट १० लाख घट्यो  :: Sahakari Akhabar

बिराटनगर । बिराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०८० / ८१ को लागि  ३ अर्ब २८ करोड ५० लाखको  बजेट  ल्याएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले आइतबार नीति तथा कार्यक्रम र  बजेट प्रस्तुत गरेकी हुन ।

प्रस्तुत बजेट अनुसार महानगरको सहकारी शाखाको बजेट १५ लाख रहेको छ । चालू आर्थिक बर्षमा सहकारी शाखाको बजेट २५ लाख रहेको थियो । एकीकरणका लागि प्रोत्साहन कार्यक्रमको लागि ३ लाख, सहकारी ब्यबस्थापन सम्बन्धि तालिमको लागि २ लाख, सहकारी सस्थाका लागि सहकारी लेखा तथा पल्र्स तालिमको लागि ३ लाख, सहकारी सस्थाहरुको नियमित अनुगमन तथा निरीक्षणको लागि ३ लाख, निर्देशिका, मापदण्ड तथा कानुन  निर्माणको लागि २ लाख र सहकारी दिवसको लागि २ लाख रकम छुट्याएको  प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी महानगरले कृषि क्षेत्रमा कृषक समूह सहकारी अभिमुखिकरण तालिमको लागि २५ लाख बजेट बिनियोजन गरेको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा सहकारीका धेरे कुरा समेटेको भएपनी बजेट भने न्यून छुट्याएको छ ।

उपमेयर कार्कीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार डिजिटल कारोबारलाइ प्रोत्साहन गर्दै सहकारी तथा गरिबिसम्बधी सुचना ब्यबस्थापन प्रणालीमा सहकारी सस्थाहरुको आबद्धतालाइ थप प्रभावकारी बनाइने, सहकारी सस्थाहरुको आदर्शतम संख्या कायम गर्न एकीकरण लगायतका प्रोत्साहन र प्रवर्धनामक रणनिती लागू गर्ने सहकारी  सस्थाहरुलाइ उत्पादन र रोजगारी अभिवृद्धि कार्यक्रमहरुमा जोड्दै लगिने ।

साथै संकटग्रस्त, रुग्ण र निष्क्रिय सहकारी सस्थाहरुको प्रभावकारी ब्यबस्थापनका लागि आवश्यक मापदण्ड बनाइ स्तरिकरण गर्ने ब्यबस्थालाइ थप प्रभावकारी बनाइने, सहकारी क्षेत्रमा  सस्थागत सुशासन प्रवर्धनका लागि नीति, विधि र प्रबिधिबाट सहकारी सन्चालन गर्न प्रोत्साहन गरिने ।

त्यसैगरी मागमा आधारित सहकारी शिक्षा र तालिममार्फत सहकारी सस्थाहरुको सस्थागत क्षमता अभिवृद्दि गर्ने कार्यलाइ निरन्तरता दिइने र बढ्दो बितिय जोखिम ब्यबस्थापनलाई मध्यनजर गर्दै सहकारी सस्थाहरुको अनुगमन र नियमन कार्यलाइ थप प्रभावकारी र सघन बनाइने उल्लेख गरिएको छ ।

त्यस्तै महानगरले चालुआर्थिक बर्षमा ३५ वटा सहकारीको सघन र नियमित अनुगमन गरि नियमन गरिएको, ९५ वटा सहकारी सस्थाहरुको लेखा परिक्षण प्रतिबेदन अध्ययन गरि आबश्यक निर्देशन दिई नियम बिपरित काम गर्ने सस्थालाइ जरिवाना समेत गरिएको बताएको छ ।

प्रतिबेदन प्रणालीलाई ब्यबस्थित गर्न सहकारी सस्थाहरुलाइ ३ दिने कोपोमिस तालिम साथै लेखा सम्बन्धि तालिम समेत प्रदान गरिएको, २ वटा सहकारी सस्थाहरुको एकीकरण भएको, १५३ वटा सहकारी सस्थालाइ कोपोमिस प्रणालीमा आबद्ध गरिएको र बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीलाइ रकम फिर्ता समेत गरिएको जनाएको छ ।



Leave a comment