काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनका रहेका सहकारीहरुको साइनबोर्ड एकै प्रकारको बनाउने भएको छ । मेयर चिरिबाबु महर्जनले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी संस्थाहरुको छुट्टै पहिचानका लागि सरोकारवालाहरुसँगको समन्वयमा एकै प्रकारका साइनबोर्ड राख्ने व्यवस्था मिलाइने घोषणा गरे । महानगरपालिकाले सहकारी ऐन, २०७५ मा आवश्यक संशोधन र आवश्यक नियमावली तथा निर्देशिका जारी गर्ने भएको छ ।
यस्तै सहकारी संस्थाका पदाधिकारीहरुको क्षमता विकास गरी संस्थागत सुशासन कायम गर्न जोड दिने, सहकारी संस्थाको विवरण अद्यावधिक गरी नियमित तथा सघन अनुगमन गर्ने, एकीकरणलाई प्रोत्साहन गर्ने, बहुउद्देश्यीय र विषयगत सहकारीहरुले कूल कारोबारको ३० प्रतिशत भन्दा बढी बचत तथा ऋण गर्न नपाउने ब्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने र सहकारीहरुको लेखापरिक्षणका लागि लेखापरिक्षकलाई सूचिकृत गर्नुपर्ने ब्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
Leave a comment