काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानिय तहमा २ जना सहकारी प्रशिक्षक पुर्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सहकारी नियमन र प्रशिक्षणलाई बढाउने र प्रत्येक स्थानिय तहमा २ जना सहकारी प्रशिक्षक पुग्ने गरी तालिम संचालन गरिने बताए ।
मन्त्री शर्माले सहकारी क्षेत्र सुधारका लागि ५ वर्षे रणनीतिक योजना बनाउने उल्लेख गर्दै उनले यसका लागि एक करोड ६५ लाख रुपैयाँ छुट्याएका छन् । यस्तै सहकारी खेतीलाई प्रोत्साहन र प्रत्येक घर स्वरोजगार अभियान अन्र्तगत कृषि पशुपालन, साना उद्यम तथा व्यवसाय गर्न ब्याज अनुदान दिने कार्यक्रम पनि घोषणा गरिएको छ ।
Leave a comment