काठमाडौं । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका सहकारी क्षेत्रको प्रवर्धनका लागि करिब ९ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुको क्षमता विकास र प्रवर्धनका लागि उक्त रकम परिचालन गरिने बताए ।
बजेटमा सहकारी संस्थासँगको साझेदारीमा कार्यक्रम तथा सहकारी संस्थाहरुको क्षमता विकास, महिला सहकारी प्रवद्र्धन, स्थानिय वस्तुको उत्पादन तथा बजारीकरण, गरिवी निवारण उद्यमशिलता र नवप्रवद्र्धन गर्न सहकारी विकास कोष समेतको उपयोग गर्नेगरी ८ करोड ९१ लाख रकम छुट्याएको छ ।
यस्तै मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अन्र्तगत दुई वर्षमा २ लाख उत्पादनमुलक रोजगारी सिर्जना त्यसको लागि एक अर्ब बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमका लागि निजीसँगै सहकारी क्षेत्रलाई पनि परिचालन गरिने उल्लेख छ ।
Leave a comment