काठमाडौं । मधेस प्रदेश सरकारले सहकारी खेती अबलम्बनमा जोड दिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाफर्त अर्थमन्त्री संजय कुमार यादवले कृषि उत्पादकत्व बढाउनका लागि सामूहिक करार खेती, सहकारी खेती, करार खेती प्रणाली अबलम्बनमा जोड दिइने बताए ।
बजेटमा सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने घोषणा गरिएको छ । यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
Leave a comment