काठमाडौं । बागमती प्रदेश सरकारले आफु मातहतका सहकारीहरुको अनुगमन प्रभावकारी बनाउनका लागि सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बजेट प्रस्तुत गर्दै अनुगमन प्रभावकारी बनाउन सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गर्ने घोषणा गरे ।
हाल मन्त्रालयमा रहेको महाशाखाले सहकारी क्षेत्रलाई हेर्दै आएको छ । तर महाशाखामा दक्ष र पर्याप्त जनशक्ति नहुँदा सहकारीको प्रभावकारी अनुगमन हुन सकेको छैन । सहकारीहरुको अनुगमन नहुँदा विकृती बढ्दै गएको छ ।
यसैगरी बजेटमा अर्थमन्त्री लामाले दुग्ध र सहकारी विकास बोर्डको पूर्नसंरचना गर्ने समेत घोषणा गरेका छन् । सहकारीले चलाउने शितभण्डारको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिन समेत बजेट छुट्याएको छ ।
Leave a comment