हाइलाइट

सहकारीद्धारा फोहोर व्यवस्थापन अभिमुखिकरण

सहकारीद्धारा फोहोर व्यवस्थापन अभिमुखिकरण :: Sahakari Akhabar

विराटनगर । विराटनगर ११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले वडा नं. ११ का महिलाहरुलाई  कुहिले फोहोरको घरेलु तथा वैज्ञानिक व्यवस्थापनको विषयमा एक दिने अभिमुखिकरण दिएको छ ।

संस्थाकी अध्यक्ष कृष्ण कुमारी थापाको अध्यक्षता तथा विराटनगर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यौपानेले फोहोर व्यवस्थापन गर्न महानगरले मात्र नसक्ने भएकाले नगरवासी सबैको भूमिका उत्तिकै हुने बताए ।

‘अझै पनि नालामा लगेर फोहोर फाल्ने, रोडमा नै फालिदिने प्रवृत्ति छ’, उनले भने, ‘आ आफ्नो ठाउँबाट हामी जबसम्म जिम्मेवार हुँदैनौं, तबसम्म काम राम्रो हुँदैन । त्यसैले महानगरलाई स्वच्छ र सफा राख्न सबैले ध्यान दिनुपर्छ ।’ पछिल्लो समयमा सहकारीका बारेमा नकारात्मक टिप्पणी भईरहेको बेला सहकारीले यस्ता किसिमको काम गर्नु सकारात्मक रहेको पनि उनले बताए ।

भान्साबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिईसकेपछि सिकेका कुरा छरछिमेकीलाई पनि सिकाउन उनले सहभागिहरुलाई आग्रह गरे । महानगरले यस्ता खालका कार्यक्रमलाई सहयोग गर्ने र निरन्तर अगाडि बढाउने पनि उनले बताए । महानगरको अभियानलाई सहकारीसँगै सबै वडावासी लाग्नुपर्नेमा उनले जोड दिए ।

महानगरपालिका वडा ११ को सहयोगमा भएको कार्यक्रमलाई सहकारीकी पूर्व अध्यक्ष तथा घरको फोहोर आफै व्यवस्थापन गरेर कौशि खेति गरिरहे की मधु राई र विराटनगर महानगरपालिका फोहोरमैला शाखाका प्रमुख किरण न्यौपानेले गरेका थिए ।

कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षक मधु राईले तीन तीन ओटा ड्राइगन फुडको विरुवा पनि वितरण गरेकी थिईन । अभिमुखिकरण कार्यक्रममा वडा नंं. ११ का ५० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

महिलाले मात्र सञ्चालन गरेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थामा ३५० जना शेयर सदस्य रहेका छन् । सहकारीमा सदस्य पनि महिलाहरुमात्र रहेको सहकारीकी व्यवस्थापक रञ्जना न्यौपानेले जानकारी दिईन । सहकारीले सदस्यको क्षमता विकासले लागि उद्घोषण कला सिकाउनुका साथै अन्य विभिन्न कार्यक्रम पनि गर्दै आएको उनले बताईन ।



Leave a comment