काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय घरायसी उपकरण खरिदका लागी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । संस्थाले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरि सदस्यहरुलाई विद्युतीय सवारी साधन (मोटरसाईकल तथा स्कुटर) एवं विद्युतीय घरायसी उपकरण खरिदका लागि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने जनाएको हो ।
विश्वमा दिनानुदिन वढ्दै गईरहेको तापमान नियन्त्रण एवं न्यूनिकरण तथा वातावरण संरक्षण कार्यक्रम अन्तरगत संस्थामा आवद्ध सदस्यलाई सहुलियत कर्जा दिने कार्यको आज शुभारम्भ गरेको छ । यसै अवसरमा संस्थाले आफ्नो कार्यलय भवनको हाताभित्र प्लाष्टिक निषेधित क्षेत्र समेत घोषणा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले जानकारी दिए ।
Leave a comment