काठमाडौं । सहकारी संघ संस्थाहरुको सुरक्षाको माग गर्दै सहकारी समस्या समाधान सहजीकरण संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष तथा संयन्त्रका संयोजक गणेश ढकालको नेतृत्वले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै जिल्लाका सहकारी संघ संस्थामा विभिन्न अराजक ब्यक्ती तथा समुहले भौतिक आक्रमण गर्ने, कर्मचारीलाई हातपात गर्ने र कार्यालय तोडफोड गर्ने कार्य गरेकोले सुरक्षा माग गरेको हो ।
संयन्त्रले त्यस्ता अराजक कृयाकलाप गर्ने गराउने ब्यक्ती तथा समुहलाई कानुनको दायरामा ल्याई अविलम्ब कारबाही प्रकृया अघि बढाई सहकारीमा सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो ।
Leave a comment