प्राइम बहुउद्देश्यीय सहकारी २४ औं वर्षमा 

प्राइम बहुउद्देश्यीय सहकारी २४ औं वर्षमा  :: Sahakari Akhabar

सुर्खेत । प्राइम बहुउद्देश्यीय सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । संस्था जेठ १२ गते २३ औं वर्ष पुरा २४ वर्षमा प्रवेश गरेको हो। स्थापना दिवसको अवसरमा वादी सरोकार मञ्च नेपाल अन्तर्गत संरक्षित वादी समूदायका बालबालिकाहरुलाई खाध्यान्न वितरण कार्यक्रम गरेको छ भने संस्थाले आफनो सेवा विस्तार अन्तर्गत मोबाइल बैकिड सेवा पनि शुरु गरेको छ ।

संस्थाले स्थानीय, श्रोत, साधनहरुको उपयोग, परिचालन गर्दै समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुह तथा सदस्यहरुको उत्थान एवं सामाजिक, आर्थिक विकास गर्दै सदस्यहरुको आवश्यकता पुरा गरेको अध्यक्ष भुषणकुमार मानन्धरले जानकारी दिएका छन्।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा समाजका आर्थिक रुपमा  विपन्न समुदाय कमजोर वर्ग र निम्न  आय भएका ब्यक्ति संघ सस्थाहरुलाई सहयोग गर्दै सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।

२३  वर्ष अगाडि स्थानीय २५ जना युवाहरुको सक्रियतामा एक लाख पच्चीस हजार शेयर पूजीबाट स्थापना भएको यो सहकारी २६ सय जना शेयर सदस्यबाट १२ करोड शेयर पूजी पुर्याउन सफल भएको छ ।

त्यसैगरी संस्थामा ५ करोड जगेडा कोष, विभिन्न कोषहरूमा १ करोड ५० लाख, बचत निक्षेप ५५ करोड तथा ऋण लगानी ५४ करोड र तरलता रकम २० करोड रहेको छ ।

संस्थामा  ३६ प्रतिशत तरलता र कूल वासलात ८० करोडको भएको छ । संस्थाको आफनै सुविधा सम्पन भवन निमार्ण गरी सेवा शुरु गर्ने संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए ।



Leave a comment