सचेतना कृषि सहकारीद्धारा १ दिने घुम्ती बाली उपचार शिविर

सचेतना कृषि सहकारीद्धारा १ दिने घुम्ती बाली उपचार शिविर :: Sahakari Akhabar

विराटनगर । बिराटनगर महानगरपालिका १ पोखरियास्थित सचेतना कृषि सहकारी सस्थाको आयोजनामा १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न भएको  छ । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा सोमबार उक्त शिबिर सम्पन्न भएको हो ।

आफ्ना शेयर सदस्य लगायत अन्य कृषकहरुले गर्दैआएको करेसा तथा कौशी खेतीको बालीमा बिभिन्न प्रकारका रोग देखिएको गुनासो आएपछि त्यसको पहिचान गरि सावधान र कसरी गर्ने भन्ने बिषयमा जानकारी दिने उदेश्यले सो शिविरको आयोजना गरिएको सचेतना कृषि सहकारीका अध्यक्ष लोकेन्द्र थापाले जानकारी दिए ।

शिविरमा उपस्थित अधिकाशं कृषकहरु आफ्ना रोगी बालीका साथमा उपस्थित भएका थिए । उनिहरुले आफुहरुले बालीमा लागेका रोगको औषधिको प्रयोग पछि पनि निको नभएको भन्दै सही उपचार कसरी गर्ने भन्ने बिषयमा शिविरमा जिज्ञाशा राखेका थिए । साथै रोगको सहि पहिचान कसरी गर्ने भन्ने बारेमा जानकारी लिएका थिए ।

बालि संरक्षण झुम्काको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा संस्थाका २१ सदश्यसहित ३० जनाभन्दा बढि कृषकहरुको सहभागिता रहेको थियो । शिबिरमा बाली प्रयोगशालाका अधिकृतहरु घनश्याम बराल, मिरा तिमिल्सिना, सिता बराल लगायतको उपस्थिति रहेको थियो ।

सचेतना कृषि सहकारी सस्थाले बिषाक्तीमुक्त भान्सा अभियान सञ्चालन गर्दै आएको छ । भान्छालाई बिषाक्तीमुक्त बनाउने मुख्य उदेश्यका साथ स्थापना भएको सचेतना सहकारीले करेसा र कौशी खेती प्रबिधि सिप, ज्ञान र सामाग्री उपलब्ध गराई आफै अर्गानिक तरकारी उत्पादन गराई पारीको हैन बारीको खाउ भन्ने अभियानलाईे प्राथामिकता दिदै बिभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रम गदै आएको छ ।
 



Leave a comment