मोरङमा सहकारीका अध्यक्ष सचिव गोष्ठी २०८० हुने

मोरङमा सहकारीका अध्यक्ष सचिव गोष्ठी २०८० हुने :: Sahakari Akhabar

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जेठ २० गते १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० को आयोजना गर्ने भएको छ । संघमा आवद्ध रहेका बचत तथा ऋण सहकारीका अध्यक्ष वा सचिव मध्ये एक जनाले गोष्ठीमा सहभागि जनाउन पाउने संघले जनाएको छ ।

संघले २०६० साल जेठ २ गते पहिलो अध्यक्ष सचिवको गोष्ठी आयोजना गरेको र अहिलेसम्म १७  औं श्रृङखलासम्म सम्पन्न गरेको संघका सचिव जीवन बस्नेतले जानकारी दिए । संघले सुन्दरहरैचामा रहेको त्रिवेणी रिर्सोटमा गोष्ठीको आयोजना गर्ने जनाएको छ । यही जेठ १५ सम्ममा नाम दर्ता गराईसक्न साकोसहरुलाई आग्रह पनि गरेको छ ।

गोष्ठीमा सहकारी स्वनियम र सुशासन तथा वर्तमान वित्तीय संकट र व्यवस्थापन विषय कार्यपत्र प्रस्तुत हुने र कार्यपत्र प्रस्तुतकर्ता नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल रहेको संघले जनाएको छ ।
 



Leave a comment