बचत संघ मोरङद्धारा एकदिवसीय धितो मूल्याङ्कन तालिम 

बचत संघ मोरङद्धारा एकदिवसीय धितो मूल्याङ्कन तालिम  :: Sahakari Akhabar

विराटनगर । जिल्ला बचत संघ मोरङले एकदिवसीय धितो मूल्याङ्कन तथा जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सम्पन्न गरेको छ । संघको तालिम कक्ष बेलबारीमा जेष्ठ ६ गते संघका सचिव जीवन बस्नेतको अध्यक्षतामा भएको थियो । तालिमलाई नापी कार्यालय बेलबारीका सर्वेक्षक आकाशकुमार शाहले सहजीकरण गरेका थिए ।

नेफ्स्कूनको साझेदारीमा भएको तालिमको पहिलो र दोश्रो सत्र नक्सा अध्ययन सम्बन्धी थियो भने तेश्रो र चौथो सत्रमा धितो जग्गाको अवस्था र नक्सामा कसरी जग्गाको क्षेत्रफल हेर्ने र जग्गाधनी पूर्जामा भएको क्षेत्रफलसँग भिडान गर्ने र सुरक्षित धितोका विषयमा तालिम प्रदान गरिएको थियो ।

तालिममा २९ जनाको सहभागीता रहेको थियो । सहभागीहरुले तालिमको प्रभावकारीताका विषयमा सकारात्मक सुझाव दिएका थिए । आगामी दिनमा पुनः यस प्रकारको तालिम सञ्चालन गर्ने संघका सचिव जीवन बस्नेतले बताए ।
 



Leave a comment