विराटनगर । लेटाङ बचत तथा ऋण सहकारी संस्था लेटाङले महिला शेयर सदस्यहरुलाई लक्षित गरी एक दिने महिला अधिकार र प्रचलित कानुन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ साकोस महिला उपसमितिको आयोजनामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा ६६ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
महिला उपसमितिको संयोजक कमला देवी ढकालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गोपाल बारकोटिको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको सहजीकरण तालीम प्रशिक्षक तथा अधिवक्ता गणेशराज लुइटेलले गरेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष बारकोटिले सहकारीले महिला, जेष्ठ नागरिक, बालबालिका लगायत सबै क्षेत्रमा उपसमिति गठन गरेको र सोही उपसमितिले विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको बताए । सामाजिक उत्तरदायित्वको विषयलाई प्राथमिकतामा राखेर सहकारीले सदस्य केन्द्रीत कार्यक्रमहरु गर्दै आएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुले महिलाहरुको लागि यस्ता किसिमका कार्यक्रमहरु प्रभावकारी हुने बताएका थिए । कतिपय महिलाहरुलाई आफ्नो अधिकार थाहा नपाएर र कानुनी कुराहरुको जानकारी नपाएर हिंसा सहेर बस्नुपरेको अवस्थामा यस्ता कार्यक्रमले महत्वपूर्ण जानकारी दिने उनीहरुको भनाई छ । सहकारीका सदस्यले जान्दा पनि छिमेकी तथा वरिपरिकालाई सिकाउन सकिने बताउँदै उनीहरुले यस्ता कार्यक्रमहरु अझै आवश्यक रहेको बताएका थिए ।
Leave a comment