सामुदायिक सहकारीको चोरीमा संलग्न पक्राउ

सामुदायिक सहकारीको चोरीमा संलग्न पक्राउ :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–७ स्थित सामुदायिक बचत तथा ऋण सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ बाट २ जनालाई पक्राउ गरेको हो ।

गत वैशाख १७ गते पनौती नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सहकारीको भल्टबाट ३२ लाख ३१ हजार ७३५ रुपैयाँ चोरी भएको थियो । 

पक्राउ पर्नेहरूमा इन्द्रसरोबर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।

सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।



Leave a comment