साल्ट ट्रेडिङमा २६ हजार ५ सय मेट्रिक टन रसायनिक मल भित्रियो, सहकारी मार्फत बितरण हुने

साल्ट ट्रेडिङमा २६ हजार ५ सय मेट्रिक टन रसायनिक मल भित्रियो, सहकारी मार्फत बितरण हुने :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेशमा यस बर्ष किसानलाई रसायनिक मलको अभाव नहुने  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ।   साल्ट ट्रेडिङ र कृषि कम्पनी मार्फत रसायनिक मलको ब्यवस्थापनको काम भईरहेको जनाएको हो । रसायनिक मल आयात गर्दै आएको साल्ट्रेडिङले यो बर्षकोलागि आबश्यक पर्ने रसायनिक मल आईसकेको र आउने चरणमा नै रहेको बताएको छ।

सरकार दिएको कोटा मध्ये ३० प्रतिशत रसायनिक मल साल्ट ट्रेडिङ मार्फत आउने गरेकोले यो बर्ष साल्ट ट्रेडिङले बितरण गर्ने रसायनिक मलमा कुनै समस्या नभएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगर कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।   यो भन्दा पहिला २७ हजार ५ सय  मेट्रिकटन युरिया आएकोमा थप २६ हजार ५ सय मेट्रिकटन युरिया भन्सार आईपुगेको छ।

आईतबार मात्र पनि २६ हजार ५ सय मेट्रिकटन रसायनिक मलमा विराटनगर भन्सारमा आईपुगेको उनले जानकारी दिए । उल्लेखित रसायनिक मल मध्ये २१ दशमलव ५२ प्रतिशत कोशी प्रदेशका जिल्लाहरुले खपत गर्न पाउने उनले बताए । ‘आयात भएको मल पनि अब कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट बाँडफाँड हुने छ, उनले भने, त्यसको आधारमा सम्बन्धित पालिकामा पठाईएपछि किसानहरुले युरिया मल पाएर्नौँ भन्ने समस्या यो बर्षको लागि अन्त्य हुने आशा लिएका छौँ ।’

२६ हजार ५ सय आउँदै गरेको मल बाहेक पनि गोदाममा प्रसस्त मल रहेको  चौधरीले बताए  । १ हजार ५ सय १४ मेट्रिकटन युरिया, ८६२ मेट्रिकटन डिएपी अहिले पनि गोदाममा स्टकमा रहेको उनी बताउँछन्  । ‘अहिले पोटास हामीसँग छैन, उनले भने, माग भएपनि कोटा पाएका छैनौँ, अब एलसी खुल्दैछ कोटा पाएपछि हामी आयात गरिहाल्छौँ ।’

यसरी हुन्छ रसायनिक मलको कोटा बितरण

सरकारले उपलब्ध गराएको मलको कोटा पहिला प्रदेश कृषि मन्त्रालयमा त्यसको बिवरण पुग्छ ।  कसले कति रसायनिक मल ल्याउने भन्ने कोटा केन्द्रीय सरकारले तोक्ने भएपनि आयात  भएको मलको कोटा निर्धारण प्रदेश सरकार  कृषि मन्त्रालयले  निर्धारण गर्दै आएको छ। उद्योग कृषि तथा सहकारी मन्त्रालयमा रहेको समितिले पालिका अनुसार कोटा निर्धारण गर्छ । त्यसको आधारमा साल्टट्रेडिङले पालिकालाई पत्र लेख्ने गरेको छ।

नजिकै रहेको डिलर मार्फत कर्पोरेशनमा पत्र आउने र त्यसैको आधारमा रसायनिक मल बिक्री बितरण हुने गरेको उनले बताए । पालिकाले लग्ने मल किसानलाई मल बिक्री बितरण गरेर किसानले प्राप्त गरेको मलको तथ्यांक सहित किसानको मोवाईल नम्बर, किसानको लालपुर्जा, नागरिकता बिवरण तथा कुन मल कति लगेको भन्ने हस्ताक्षर सहितको पत्र साल्ट्रेडिङमा पठाउनु पर्ने ब्यवस्था रहेको छ । पालिकामा उपाध्यक्षको नेतृत्वमा रहेको समितिले प्रमाणित गरेर पत्र प्राप्त भएपछि मात्र बाँकी अर्थात अर्कोे चरणको रसायनिक मल त्यस्ता डिलर अर्थात सहकारीहरुलाई  दिईने गरेको चौधरी बताउँछन् ।

यस बर्षदेखि ९२ हजार ५०० मेट्रिकटन रसायनिक  मल ल्याएर बेच्न कोटा साल्ट्रेडिङलाई दिएको छ।  ‘ पहिलादेखि पाउँदै आएको ५० हजार मेट्रिकटन हाम्रो भागको र अर्को क्षेत्रलाई दिँदै आएको ४२ हजार मेट्रिकटन समेत गरि यो पटकदेखि हामीलाई ल्याउन अनुमती दिईएको छ, चौधरीले भने, साल्ट्रेडिङ मार्फत ल्याउन सजिलो र चाँडो हुने भएकोले सरकारले बिस्वास गरेको छ, सरकारले गरेको बिस्वासको आधारमा काम हामीले गर्दै आएका छौँ ।’

यसपालि चाँडो मल आएको उनको दाबी छ। २६ हजार ५ सय आईसकेको र बाँकी मल पनि लोडिङको चरणमा रहेकोले यसपाली किसानलाई रसायनिक मलको अभाव हुन नदिने उनको दाबी छ । ‘किसानको मागका आधारमा यो बर्ष किसानलाई मलको अभाव हुन दिन्नौँ, उनी भन्छन्, पर्याप्त मात्रामा नभएपछि किसानलाई दुःख हुँदैन ।’

डिएपी जेठदेखि आबश्यक पर्ने भएकोले त्यो बेलासम्म डिएपी पनि आईसक्ने उनको भनाई छ । ‘पहिलाको जस्तो धान रोप्ने बेलामा रसायनिक मल नपाएर भौतारिनु पर्ने अबस्था आउँदैन, उनले भने,  यो बर्ष हामीले हाम्रो तर्फबाट गर्ने तयारी गरेका छौँ, अपुग हुँदा पनि आबश्यक जोहो हामी गर्दैछौँ ।’

उनले यसरी विरतण गरिने मल सहकारी संस्थाहरु मार्फत किसानसम्म पुग्ने बताए । ‘हामीले आफैँले बाँड्न सक्ने अबस्था हूँदैन, उनले भने, हाम्रा डिलरहरु भनेको सहकारीहरु नै हुन्, सहकारी मार्फत किसानको खेतसम्म रसायनिक मलहरु पुग्दै आएको छ।’



Leave a comment