सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय वक्त्तिवकला सम्पन्न

सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय वक्त्तिवकला सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । आजको आवस्यकता,सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय माध्यमिकतह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । सज्जन महिला बचत तथा ऋण सकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सात वटा विद्यालय बिच प्रतिस्पर्धा भएको थियो ।

संस्थाकी अध्यक्ष सिमा पुरीको अध्यक्षता तथा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का सचिव गोबिन्दप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बालउद्धार  माविका प्रयुसा पोखरेल र निसान भट्टराई, घटराज मेमोरियल स्कूलका स्नेहा रसाइली र सभ्यता चालिसे, इन्टरनेशनल जोसेफ पब्लिक स्कूलका सपना थापा र रश्मी गुरागाइ, जनकल्याण माविका विसन पौडेल र बिष्णुमाया तामाङ को सहभागीता रहेको थियो ।

त्यसैगरीजोसेफ हाइ स्कुलका अंकिता थापा र सुजल तामाङ, इन्टरनेशनल रिलायन्स स्कूलका अस्मिता निरौला र प्रवेस दहाल, जुगल नवगुरुकुलका द्रुपद पोखरेल र उत्कृष्टी आचार्यबिच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा घटराज मेमोरियल स्कूलकी सभ्यता चालिसेले प्रथमस्थान हासिल गरेकी थिइन् । त्यसैगरी जुगल नवगुरुकुल स्कूलकी उत्कृष्टी आचार्य दोस्रो तथा इन्टरनेसनल जोसेफ पब्लिक स्कूलकी सपना थापा तेस्रो भएका थिए ।

प्रथम, द्वितीय र तृतियलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । साथै सहभागी विद्यार्थी तथा विद्यालयलाई सम्मानपत्र प्रदा नगरिएको थियो ।



Leave a comment