हाइलाइट

विपन्नलाई सहारा नेपाल सहकारीको घर 

विपन्नलाई सहारा नेपाल सहकारीको घर  :: Sahakari Akhabar

काठमाडौं । सहकारीहरु वित्तीय कारोबारमा मात्र केन्द्रीत भएको आरोप लागिरहेका बेला झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने समुदायका विपन्न नागरिकलाई पक्की घर निर्माणमा लागेको छ । संस्थाले स्थानिय सरकार र गैरसरकारी संस्था ह्याबिटेट फर ह्युम्यानिटीसँगको सहकार्यमा आफ्नो कार्यक्षेत्रभित्रका विपन्न नागरिकका लागि निशुल्क घर निर्माण गरेको हो । 

दिगो समूदाय र सुरक्षित आवास परियोजना अन्र्तगत हालसम्म २ हजार २५ ओटा घर निर्माण भई हस्तान्तरण भइसकेका छन् । यस परियोजना अन्र्तगत स्थानिय सरकारले विपन्न वर्गको पहिचाहन गर्ने र त्यसमा ह्याबिटेट फर ह्युम्यानिटी र सहारा नेपालको लागत साझेदारीमा पक्की घर निर्माण हुँदै आएको छ । यसका लागि संयोजनको काम पनि सहकारीले गर्दै आएको छ । 

मंगलबार मात्र झापा गाउँपालिकामा निर्माण गरिएका २३८ ओटा घरको साँचो उपभोक्तालाई हस्तान्तरण गरिएको छ । फुसको छानो भएको कच्ची घरमा बस्दै आएका विपन्न नागरिक पक्की घर पाएपछि हर्षित भएका छन् । परियोजना अन्र्तगत निर्माण गरिएको घरमा भुईको पक्की ढलान, पक्की पिल्लरका साथै उपचार गरेको बास तथा जस्तापाताको छानो प्रयोग गरिएको छ । 

घर जनताको आधारभुत आवश्यक्ता भएकाले यसलाई केन्द्रीत गरिएको साहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले जानकारी दिए । 

लघुवित्त सेवामार्फत गरिव तथा विपन्न वर्गसम्म वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यहरुलाई विभिन्न सामाजिक सेवा तथा कार्यक्षेत्रभित्र सामाजिक कामहरु समेत छ । संस्थाले सदस्यहरुका लागि  सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, विभिन्न राहत कार्यक्रम संचालन गर्दै आएको छ ।
 



Leave a comment