बिन्धवासिनी साकोसद्वारा तेमालमा निशुल्क दन्त शिविर

बिन्धवासिनी साकोसद्वारा तेमालमा निशुल्क दन्त शिविर :: Sahakari Akhabar

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । बिन्धवासिनी साकोसको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजना तथा प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोग तेमालको पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा १ दिने निःशुल्क दन्त शिविर संचालन गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै तेमाल क्षेत्रका शेयर सदस्य र स्थानीय वासिन्दाहरूको दाँत सम्बन्धी समस्याको उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तेमाल गाँऊपालिका र डेन्टल क्लिनिकसंग समन्वय र सहकार्य गरी निशुल्क दन्त शिविर संचालन गरिएको बिन्धवासिनी साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठ बताए ।

शिविरमा दन्त स्वास्थ्य परिक्षण, रक्तचाप प्रशिक्षण, दाँत सफा गर्ने, दाँत फुकाल्ने, बच्चाहरूको दाँतमा फ्लोराड लगाएर किरा नलाग्ने बनाउने तथा कृत्रिम दाँत सम्बन्धी परामर्श, दन्त स्वास्थ्य सम्बन्धि परामर्श दिनका साथै निशुल्क औषधि र मन्जन ब्रस वितरण गरिएको थियो ।

बिन्धवासिनी साकोस, सेवा कार्यालय ब्यवस्थापन उप समितिका संयोजक श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा तथा तेमाल गाँऊपालिकाका अध्यक्ष भकुण्डे तेमाल गाँऊपालिका प्रमुख चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट १९६ जनाले सेवा लिएका थिए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, ५ नं वडा अध्यक्ष हजार सिङ लामा, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, बिन्धवासिनी साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तान, भकुण्डे सेवा कार्यालय ब्यवस्पन उप समितिका सचिव रामशरण श्रेष्ठ, प्रिमियर डेन्टलका अध्यक्ष डा बिप्लव अधिकारी, तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक र  शिक्षा सहायक भिमलाल लामा लगायतको सहभागीता रहेको थियो ।



Leave a comment