भक्तपुर जिल्ला बचत संघको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी एकदिने गोष्ठी 

भक्तपुर जिल्ला बचत संघको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी एकदिने गोष्ठी  :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु गर्नुपर्ने बताए । उनले सम्पत्ती शुद्धिकरण निवारणको नाममा सहकारीमा व्यक्तिगत बचत सिमा तोक्न नहुने भने ।

गोष्ठीमा नेपाल राष्ट्र बैंकका पुर्वनिर्देशक श्याम दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, कार्यान्वयन अधिकारी तोक्नुपर्ने, सदस्य पहिचान, टीटीआरर एसटीआर प्रतिवेदन गोएमएलमार्फत दिनुपर्ने कानुनी व्यवस्थाको बारेमा प्रष्ट पारे । सम्पत्ति शुद्धिकरण निवारणको विषय पेचिलो बन्दै गएकोले राज्य ग्रे जोनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरी २२ वटा कानुन संशोधनको लागि संसदमा प्रस्ताव पेश भइरहेको उनले उल्लेख गरे ।

गोष्ठीका सभापति हरि बल्लले सदस्यहरुको बचत सुरक्षाको लागि पनि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठीको आयोजना गरेको जनाए । ऐन कानुनको अनभिज्ञताका आधारमा दण्ड जरिवानाबाट छुट्कारा नपाइने भएकोले सहकारीमा कानुनी व्यवस्थाहरुहरुको परिपालना कडाइका साथ लागु गर्नुपर्ने उनले जनाए । संघका व्यवस्थापक बालकृष्ण धोजुले सम्पत्ति शुद्धिकरण निवारणका व्यवस्थाहरु परिपालनाका समस्या समाधान गर्न गोष्ठीले टेवा पु¥याएको उल्लेख गरे । 
 



Leave a comment