नेचुरल साकोसको स्थापना दिवसमा विविध कार्यक्रम

नेचुरल साकोसको स्थापना दिवसमा विविध कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवसमा रक्तदानलगायत विविध कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान, बृहत रक्तदान तथा अस्पतालहरुसँग छुट सम्वन्धि सम्झौता गरी दिवस मनाएको हो ।

संस्थाले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी कनेक्ट आईपिएसमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाताबाट नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सकिने भएको सेवाको सुरुवात गरेको छ । कनेक्ट आईपिएसमा नेचुरल सहकारी जोडिएसँगै प्रविधिमैत्री सेवामा सधै एक कदम अगाडि रहेको छ । संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताए ।

संस्थाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको थियो । त्यसैगरी संस्थाको प्रधान कार्यालयमा जेष्ठ सदस्य सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ७० वर्ष माथिका ६० जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाले शंखरापुर अस्पताल र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँग पनि सम्झौता गरेको छ । उक्त अस्पतालहरुमा सदस्यहरुको उपचार, औषधी खरिद, विभिन्न परिक्षणमा छुट दिने गरी सम्झौता गरिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठकले बताए ।

अस्पतालको सेवामा नेचुरल सहकारीका सदस्यले ७ देखि ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको उनले बताए । त्यसैगरी शंखरापुर अस्पतालसँगको सम्झौतामा अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
 



Leave a comment