हाइलाइट

कृषि सहकारी केन्द्रीय संघलाई विश्व खाद्य संगठनको अवार्ड 

कृषि सहकारी केन्द्रीय संघलाई विश्व खाद्य संगठनको अवार्ड  :: Sahakari Akhabar

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघलाई संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले एफएओ पार्टनसिप अवार्ड–२०२३ प्रदान गरेको छ । सहकारी संस्थाहरुको संस्थागत विकास, सुशासनका साथै साना किसानका कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पु¥याउन र भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गरेवापत संघलाई पुरस्कार दिएको हो ।

एफएओको मुख्यालय इटलीको रोममा बैशाख ११ गते आयोजित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको थियो । संघका अध्यक्ष खेमबहादुर पाठक र महाप्रवन्धक रुद्र भट्टराईले अवार्ड लिएका थिए । एफएओ पार्टनसिप अवार्ड–२०२३ लेवलानको संस्थालाई पनि प्रदान गरिएको छ । १० हजार डलरको उक्त पुरस्कार दुवै विजेतालाई बराबर बाडिने एफएओले उल्लेख गरेको छ ।

संघले विहीबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको अवार्डबारे जानकारी दिएका हो । यसले नेपालका सहकारीहरुको काम अन्तरर्राष्ट्रिय स्तरमा पहिचाहन पाएको अध्यक्ष पाठकले बताए । २०६४ साल पुस २९ गते स्थापना भएको संघमा हाल ७७ जिल्लाका १ हजार २ सय संस्थाहरुमा १२ लाख भन्दा बढी सदस्यहरु आवद्ध छन् । जसमा ८२ प्रतिशत महिलाहरु रहेका छन् ।

यसैगरी पत्रकार सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पनि वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको जानकारी दिइयो । नेपाल सरकार र एशियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेवापत उक्त अवार्ड प्राप्त गरेको सिइओ डा. शिवराम प्रसाद कोइरालाले जानकारी दिए ।



Leave a comment