गाम्चा साकोसले गर्यो केन्द्रीय संघसंग अन्तरक्रिया

गाम्चा साकोसले गर्यो केन्द्रीय संघसंग अन्तरक्रिया :: Sahakari Akhabar

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थामा सहकारीका समसामायीक विषयमाथि छलफल भएको छ । संस्थाको कार्यालय गाम्चाको सभाहलमा भएको छलफलमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)का महासचिव दामोदर अधिकारी, संचालक जिवसराज खड्का, नेफ्स्कून ठिमी सेवा केन्द्र सयोजक पेशलकुमार खड्का तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेसंग सहकारीका वर्तमान समस्या, र समाधान विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले सहकारी क्षेत्रमा देखिएको समस्यामा सदस्य संस्थालाई नेफस्कूनले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । त्यसैगरी संचालक जिवसराज खड्काले सहकारीलाई आर्थिक, सामाजिक, सास्कृतिक, क्षेत्रमा अघि बढाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष विकास खड्काले संस्थाको बारेमा जानकारी दिएका थिए । उनले संस्थाले सदस्यलाई दिएको वित्तिय सेवाका साथै सामाजिक क्रियाकलापहरूको बारेमा पनि जानकारी गराए । 
 



Leave a comment