हाइलाइट

अनुगमन गर्ने कर्मचारी लोभलालचमा पर्नेगरेकाले सहकारीको नियमन प्रभावकारी हुन नसकेको : पूर्व सचिव मैनाली

अनुगमन गर्ने कर्मचारी लोभलालचमा पर्नेगरेकाले सहकारीको नियमन प्रभावकारी हुन नसकेको : पूर्व सचिव मैनाली :: Sahakari Akhabar

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको अनुगमन गर्ने कर्मचारी लोभ लालचमा पर्ने गरेकाले नियमन प्रभावकारी हुन नसकेको बताएका छन् । उनले सहकारीको अनुगमन निरीक्षण गर्न जाने सरकारी कर्मचारीहरु पनि लोभ लालचमा पर्ने गरेकाले नियमन प्रभावकारी हुन नसकेको बताएका हुन् ।

सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रममा प्रशिक्षण गर्दै उनले विगतमा सहकारीको नियमन गर्ने एकल जिम्मेवारी पाएको संघीय सहकारी विभाग र मातहतका डिभिजन कार्यालयहरुमा छोटो अवधिमै कर्मचारीहरुको सरुवा हुनेगरेकाले पनि सहकारीको नियमन फितलो भएको बताए ।

उनले अहिले धेरै प्रारम्भिक सहकारी संस्थाहरुले विभिन्न तहका छाता संघहरुमा सदस्य बनेर सदस्यता शुल्क बुझाईरहेको भएपनि छाता संघहरुले भने प्रभावकारी काम नगरेको गुनासो गरे । उनले भने, ‘सहकारीका छाता संघहरुमा अभियानको बारेमा अध्ययन, अनुसन्धान गर्ने र सदस्य संस्थाहरुलाई बाटो देखाउने काममा कमजोरी रहेको छ ।’

त्यसैगरी पूर्व सचिव मैनालीले सहकारीले कानुनले तोकेको भन्दा अन्य क्षेत्रमा लगानी गर्न नहुने बताए । उनले भने ऐनले जहाँ लगानी गर्न पाईन्छ भनेको छ त्यहीँ लगानी गरौं, होईन भने ऐन संशोधन गरौं । सहकारीलाई कानुनले निर्धारण गरेको क्षेत्र भन्दा वाहिर गएर जुनसुकै क्षेत्रमा लगानी गर्दा कर्जा असुलीमा जोखिम उत्पन्न हुनसक्ने बताए ।

एनले भने ‘सहकारी अभियानका साथीहरुले पाँच ओटा क्षेत्र बाहेक जहाँपनि लगानी गर्न पाईन्छ भन्नुहुन्छ,’ कर्जा प्रवाह गर्दा सदस्यको आवश्यकता र सुरक्षामा सजगता अपनाउनु पर्छ, ऐनले जहाँ लगानी गर्न पाईन्छ भनेको छ त्यहीँ लगानी गरौं । होईन भने ऐन संशोधन गरौं ।’

केही सहकारी संस्थामा संचालक समितिको अध्यक्ष र टाठाबाठा संचालकहरुले समितिका अन्य पदाधिकारीहरुलाई समेत जानकारी नदिई जथाभावी लगानी गर्ने गरेकाले समस्यामा परेको बताए । उनले सहकारीमा बाह्य निकायबाट हुने नियमन प्रतिक्रियामूलक (रियाक्टिभ) हुने भएकाले सहकारी संस्था आफैं स्वनियमनमा बस्नुपर्ने बताए ।

मुलुकमा संघीयताको कार्यान्वयन गर्ने क्रममा सहकारी हेर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट भएपनि सहकारीको नियमन कमजोर भएको उनको भनाई छ । प्रदेश र स्थानीय तहमा सहकारीलाई ब्यवस्थापन गर्न दिगो संरचना निर्माण भईनसकेको संक्रमणकालीन अवधिमा पनि प्रदेश र स्थानीय तहले हाम्रो क्षेत्राधिकार भित्रका सहकारीलाई संघले नियमन गर्न हुँदैन भन्नु गलत भएको बताए ।

‘संघ, प्रदेश र स्थानीय तहको भूमिका बाबु र छोराछोरीको जस्तो हुनुपर्छ,’ उनले भने, ‘छोराछोरी हुर्किएर जवान भएपछि बाबुको भूमिका निर्वाह गर्न मिल्छ । तर उनीहरु आफ्नो खुट्टामा उभिने नहुन्जेल सम्म छोराछोरीले गर्ने काम बाबुले गर्नुपर्छ ।’ पूर्व सचिव मैनालीले सहकारी संस्थामा समस्या उत्पन्न हुँदा सहकारी अभियानका साथै सरकार र समग्र शासकीय प्रणालीको विश्वास र प्रभावकारिता माथि समेत प्रश्न उठ्ने धारणा राखे ।

‘सहकारीलाई असजिलो भएको समयमा सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘धेरै सहकारी संस्था समस्यामा परेभने सरकारमाथि नियमन गर्न नसक्ने भए किन सहकारी दर्ता गरेको भनेर प्रश्न उठ्न सक्छ ।’



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000