काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले सहकारीका समस्या समाधानमा सरोकारवाला चुकेका बताएका छन् । उनले जिम्मेवारी बहन गर्ने कार्यमा सरोकारवाला चुकेकाले सहकारीमा समस्या उत्पनन्न भएको बताएका हुन् ।
सहकारी हकहित राष्ट्रिय समाजले राजधानीमा सोमबार आयोजना गरेको सहकारीको जोखिम ब्यवस्थापन तालिम कार्यक्रममा पोखरेलले सकारी संस्थाका संचालक, सहकारी अभियन्ता, शेयर सदस्य र नियामक निकाय सबै पक्ष आफ्नो जिम्मेवारी बहन गर्ने कार्यमा चुकेकाले सहकारीमा समस्या उत्पनन्न भएको बताउए ।
उनले सहकारीमा देखिएका समस्या समाधानका लागि आगामी दिनमा सरोकारवाला सबै पक्षले आत्मसमीक्षा गरेर कदम चाल्ने हो भने सकारात्मक परिणाम निस्कने बताए ।
सहकारी अभियानको प्रवद्र्धनका लागि विभागले जिल्ला संघ, सहकारी पत्रकार समाज, हकहित समाज लगायतका विभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गरेर तालिम कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
यसैगरी विभागले सहकारी अभियानका छाता संघहरुसंग छलफल गरेर काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी सम्बन्धी कार्यक्रम थप गर्ने बताए ।
सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागको सहयोगमा आयोजना गरेको समाजका अध्यक्ष गोविन्द गिरिले जानकारी दिए । तालिम आगामी बिहिबार सम्पन्न हुनेछ ।
Leave a comment