काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका १ सय ६१ जना सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष दिनेशराज कायष्ठले जानकारी दिए ।
बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यले उनीहरुलाई दोसल्ला, सम्मानपत्र र खानेकुरासहित सम्मान गरिएको हो । कार्यक्रममा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट उपाध्यक्ष (जिल्ला / नगर) पदमा निर्वाचित संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्यलाई सम्मान गरिएको थियो ।
विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्दै आएको संस्थाले शिर मेमोरियल अस्पताल बनेपामा छोरी जन्म दिने २ जनालाई बैशाख १ गते र स्थापना दिवसको दिन प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ सहयोग समेत गर्दै आएको प्रमुख व्यवस्थापक सुवास वैद्यले जानकारी दिए ।

Leave a comment