पोखरा रोयल साकोसको चैत मसान्तको वित्तीय विवरण सार्वजनीक

पोखरा रोयल साकोसको चैत मसान्तको वित्तीय विवरण सार्वजनीक :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थासँग २३.९१ प्रतिशत अर्थात ३९ करोड ५ लाख ७४ हजार १६६ रुपैयाँ तरलता छ ।

वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी २१ करोड ९९ लाख, ९०० रुपैंयाँ तथा जगेडा कोषमा १५ करोड ७३ लाख, २५ हजार ४४८ रुपैयाँ रहेको छ । त्यसैगरी कुल बचत १ अर्ब ६३ करोड ३२ लाख, ९२ हजार ८५२ रुपैयाँ रहेको छ । संस्थाको १ अर्ब ७८ करोड १० लाख ५३ हजार ५८९ रुपैयाँ ऋण लगानीमा रहेको छ ।

त्यस्तै संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, ३४ हजार ६०१ रुपैयाँ र विभिन्न कोषमा १२ करोड २८ लाख ५९ हजार ४५२ रुपैयाँ छ । यसैगरी संस्थाको कुल सम्पत्ति २ अर्ब २४ करोड ७४ लाख ३६ हजार ९०३ रुपैयाँ रहेको छ । सहकारीमा ८ हजार ८१२ सदस्यमध्ये १ हजार ५०७ जनाले ऋण कारोबार गरेका छन् ।


 



Leave a comment