घामपानी साकोसका सदस्यलाई मणिपाल अस्पतालमा दशदेखि सय प्रतिशतसम्म छुट

घामपानी साकोसका सदस्यलाई मणिपाल अस्पतालमा दशदेखि सय प्रतिशतसम्म छुट :: Sahakari Akhabar

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई मणिपाल शिक्षण अस्पतालमा दश देखि एकसय प्रतिशतसम्म छुट हुने भएको छ ।   संस्था र अस्पताल बिच बैशाख ५ गते सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा उपलव्ध गराउने गरी सम्झौता भएको छ ।

घामपानी साकोसका प्रवन्धक रबिन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अनुसार नयाँ वर्ष २०८० को अवसरमा सदस्य सेवालाई अझ व्यापक र विस्तार गर्ने योजना अनुरुप सो सम्भौता भएको प्रवन्धक रबिन्द्र तिवारीले जनाए ।

उनले संस्थाले जारी गरेको सदस्य परिचयपत्रका आधारमा मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा दर्ता शुल्कमा १ सय, सामान्य बेडमा २५, नियमित जाँच तथा प्याथोलोजिमा १५, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १० र विशेष अनुसन्धानमा १० प्रतिशत छुट सुविधा पाउन सक्नेछन् भने डाक्टरको परामर्शमा कुनैं शुल्क नलाग्ने तिवारीले जानकारी दिए ।



Leave a comment