बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १४ औं स्थापना दिवस मनाएको छ । मुख्य कार्यालय बागलुङ सहित तीन जिल्लामा २५ सेवाकेन्द्रले साताब्यापी कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नया वर्ष २०८० को शुभकामना, क्षमता विकास र बजारीकरण तालिमसमेत गरेको छ ।
तालिममा विज्ञान घिमिरे र मोती खनालले सहजिकरण गरेका थिए । सस्थामा नियमित कारोवार गरी संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सस्थाले सुरु गरेको धन सृजना गर्ने बचत तर्फ खाता बृद्धि अभियानमा केन्द्रीय कार्यालय दिएको लक्ष्य पुरा गर्ने कल्याणकारी सदस्य सेवा केन्द्र तित्याङलाई सम्मान गरिएको थियो।
बागलुङ, पर्वत, म्याग्दी जिल्लामा रहेको २५ वटा सेवा केन्द्रमा सरसफाइ रक्तदान वित्तीय साक्षरता, शेयर सदस्य बढाउने, शेयर सदस्यसंग भेटघाट कार्यक्रम गरि साताब्यापी रूपमा मनाएको हो । कार्यक्रमको अन्तिम दिन सहकारीको केन्द्रीय कार्यालयबाट सहकारी सम्बन्धि चेतनामूलक नारा सहित बागलुङ बजारमा प्रभातफेरी गरिएको थियो ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेलले समाजमा सिवाइसिको सामाजिक दायित्व र भूमिका सहितको उपस्थितिले जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुग्न सफल भएको बताए ।
सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सेयर सदस्यको जिविकोपार्जन, आर्थिक स्तर बृद्धिका बनाएका योजना अनुशरण गर्न योग्य रहेको बताए ।
कार्यक्रममा वडिगार्ड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य उत्तम बहादुर महत, काडेवास सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उप समितिका कोषाध्यक्ष नमकुमारी चालिसे, सिवाइसी साकोस जापान समन्वय समितिका संयोजक ऋषिराम कँडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ७ बुदे स्वघोषणापत्र जारी गर्दै सम्पन्न भएको अध्यक्ष पौडेलले बताए । उनले घर घरमा पुग्ने लक्ष, खुशी र समृद्ध सदस्य भन्ने नाराका साथ २० हजार सदस्यको ८० प्रतिशतलाई भेट्ने, सहकारी सम्वन्धी समाचार लेख्ने नयाँ पत्रकार उत्पानको लागि तालिम संचालन गर्ने, २५ सेवा केन्द्रबाट एक एक जना प्रशिक्षक तयार गर्ने, वैशाख महिना भरी गाउँटोल समन्वय समिति गठन गर्ने र सस्थाका गतिविधीहरु प्रविधिमैत्री बनाउने बताए ।
सहकारीले मोवाईल बैंकिङ,एटिएम सेवा, क्युआर कोड सेवा, ट्याबलेट बैकिङ सेवा, मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवा दिदै आएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक / एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने जनाइएको छ ।
Leave a comment