पर्वत साकोसद्धारा रक्तदानका साथै विविध कार्यक्रम

पर्वत साकोसद्धारा रक्तदानका साथै विविध कार्यक्रम :: Sahakari Akhabar

भक्तपुर । दुवाकोटमा रहेको पर्वत बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्षको अवसर पारेर रक्तदान लगायत विविध कार्यक्रम गरेको छ । संस्थाले आज चैत्र २५ गते शनिबार सदस्इहरुबिच नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा सामाजिक कार्य गरेको हो।

संस्थाले युवा स्वरोजगार कोषबाट प्राप्त सहुलियत कर्जा संस्थाका २५ जना सदस्यलाई लाई लगानि गरेको छ । त्यसैगरी सस्थाले यसै वडामा रहेको अनाथ बालबालिकालाई एक÷एक दर्जन कापी कलम बितरण गरेको छ । साथै संस्थाले आयो जना गरेको रक्तदान कार्यक्रममा ७५ जनाको उपस्थिति रहेको संस्थाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सोम प्रधान, जन प्रतिनिधि तथा सहकारी सञ्जाल नगर अध्यक्ष उमेश प्रधान, संस्थाका सस्थापक अध्यक्ष शिवराज केसी र युवा स्वरोजगार कोषका अनुगमन अधिकृत चन्डिराज नेपालले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment