नारायणी साकोसको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

नारायणी साकोसको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा चैत्र २५ गते शनिबार गरेको रक्तदान कार्यक्रममा १७ जना महिला तथा ३४ जना पुरुषसहित जम्मा ५१ जनाले रक्तदान गरेका थिए ।

यसैगरी संस्थाले  २८ गते वित्तीय सचेतना, २९ गते शेयर सदस्य बिच खेलकुद, ३० गते १० वटा मन्दिरलाई डष्टविन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसै अवसरमा जेष्ठ शेयर सदस्य सम्मान, एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्ने जनाएको छ । चैत्र ३० गते स्थापना दिवस कार्यक्रम समापन  गर्ने संस्थाका सहसचिव हरिकृष्ण अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष केशब बहादुर पौडेलको सभापतित्वमा भएको स्थापना दिवस कार्यक्रमको संस्थाका उपाध्यक्ष पुष्पराज भट्टले संयोजन गरेका थिए । संस्थामा १९९५ जना सदस्य रहेको जनाइएको छ ।



Leave a comment