काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा सुविधा थप गरेको छ । चैत्र २२ गते चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच सहमती पत्रमा हस्ताक्षर भएको हो ।
पछिल्लो समय उक्त अस्पतालको व्यवस्थापन मेडी प्राईड हेल्थ केयर प्रालिद्वारा सञ्चालन भए पछि सदस्यहरुलाई थप सुविधा र सहुलियत प्रदान गर्ने गरी अस्पतालका कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्मा र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमती पत्रमा संस्थाका सदस्यलाई दिइने सेवा सुविधाका बारेमा जानकारी दिइएको छ । सदस्यले सामान्य शैया, ल्याव परीक्षण, एक्स–रे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यसैगरी क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापी मा १० प्रतिशत छुट पाउने छन् ।
वर्षको एक पटक होल बढी चेकअपमा १५ प्रतिशत, आर्थिक रुपले विपन्न तथा असाहय सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २० प्रतिशत छुट दिने सहमती भउको छ । त्यसैगरी ८० बर्षदेखि माथि उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा ५० प्रतिशत र ७० बर्षदेखि ७९ वर्षसम्म उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २५ प्रतिशत छुट दिने सहमती भएको जनाइएको छ ।
Leave a comment