सहकारी दिवसमा लामोसाघु साकोसको सदस्य सम्मान तथा रक्तदान कार्यक्रम 

सहकारी दिवसमा लामोसाघु साकोसको सदस्य सम्मान तथा रक्तदान कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौं । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लामोसाघु बचत तथा ऋण सहकरी संस्थाले सदस्य सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकको समन्वयमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

संस्थाले कार्यक्षेत्र भित्रको विभिन्न ८ वटा ठाउँहरुमा जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोक अधेरीको समन्वयमा ट्राफिक सुचना सहितको स्वागत तथा आभार स्ट्याण्ड बोर्ड राख्ने कार्य त्यसैगरी संस्थाले विभिन्न बिधाहरुमा बर्ष उत्कृष्ट पदक छनोट भएका समूह र सदस्यहरुलाई नदग सहित सम्मान गरेको छ ।

सम्मानीत हुनेहरुमा बर्ष उत्कृष्ट समुह तर्फ समूह न. १४ सुनौलो महिला समुह, त्रिपुरासुन्दरी ६, पिपलडाडा, टेकानपुर, बर्ष उत्कृष्ट नियमित बचत तर्फ श्री क्षेत्र कुमारी कार्की बोहरा र हरेराम पराजुली रहेका छन । त्यसैगरी बर्ष उत्कृष्ट जेष्ठ नागरिक तर्फ श्रीलाल पराजुली र डोलकुमारी तिमल्सिना, बर्ष उत्कृष्ट उद्यमी तर्फ नेत्र बहादुर नेपाल र तेजबहादुर पराजुली रहेका छन् ।

संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको सभापतित्वमामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभडेल, बलेफी ८ का पुर्ब वडा अध्यक्ष चरीबहादुर तामाङ, सुनकोसी क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए भने ब्यबस्थापक रबिन बिश्वकर्माले संचालन गरेका थिए ।



Leave a comment